पक्राउ पूर्जी जारी नभएको सोनाक्षीको दाबी, ठगीको आरोप अस्वीकार – Nepal Press

पक्राउ पूर्जी जारी नभएको सोनाक्षीको दाबी, ठगीको आरोप अस्वीकार

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले आफुमाथि लगाइएको ३७ लाख रुपैयाँ ठगी मुद्दा गलत भएको दाबी गरेकी छिन् । उनले यस विषयमा बोल्दै यी समाचार गलत भएको बताएकी हुन् ।

उनले भनिन्, ‘मलाई पक्राउ पूर्जी जारी गरेको बारे मिडियामा अफवाह फैलाइँदै छ । यस सम्बन्धमा अहिलेसम्म कुनै प्रमाणीकरण गरिएको छैन। यो गलत हो र मेरो छविलाई दुर्व्यवहार र कलंकित गर्ने प्रयास गरिएको हो। यस्ता प्रचारप्रसारका लागि फैलाइने झुटा समाचारलाई स्थान नदिन सम्पुर्ण सञ्चारमाध्यम, पत्रकार तथा सञ्चारकर्मीहरुलाई आग्रह गर्दछु ।’

सोनाक्षीले पिब्लसिटी पाउनको लागि सञ्चारमाध्यमहरुले गलत सूचना छापेको आरोप लगाएकी छन् । उनले भनिन्, ‘मरो प्रतिष्ठामा आँच पुर्याउने काम भैरहेको छ । मेरा नाम लिएर पब्लिसिटी गरेर पैसा लुट्ने प्रयास भैइरहेको छ । यो मुद्दा अहिले मुरादाबाद अदालतमा चलिरहेको छ र इलाहाबाद उच्च अदालतले यसमा रोक लगाएको छ। अदालतले यो व्यक्तिलाई कडा कारबाही गर्नेछ।’

सोनाक्षीले यस विषयमा आक्रोश हुँदै भनिन्, ‘जबसम्म मुरादाबाद अदालतले फैसला गर्दैन, तबसम्म म यहि भन्छु कृपया यस विषयमा मलाई थप सम्पर्क नगर्नुहोस्। म अहिले घरमै छु र म विरुद्ध कुनै वारेन्ट जारी गरिएको छैन ।’

उनीमाथि कार्यक्रममा उपस्थित नभएको भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ । यस विषयमा सोनाक्षीविरुद्ध फेब्रुअरी २०१९ मा एफआईआर दर्ता भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर