ईलेक्ट्रिकल स्कुटरमा नारी विशेष अफर, २० हजार छुट – Nepal Press

ईलेक्ट्रिकल स्कुटरमा नारी विशेष अफर, २० हजार छुट

काठमाडौं । लेबनाङ्ग ब्रान्डका ईलेक्ट्रिकल स्कुटरको आधिकारीक विक्रेता जम्बो इको भेइकलले विश्व नारी दिवसको अवसरमा विशेष छुट प्रदान गरेको छ ।

यस योजना अन्तर्गत नारीको नाममा बुकिङ्ग वा खरिद गरेमा प्रत्येक स्कुटरमा रु २० हजारसम्म नगद छुट प्रदान गरिएको हो ।

नारी शसक्तिकरण एवं आत्म निरभरताका लागि आफ्नै सवारी साधन भत्रे धेयका साथ प्रदान गरिने उक्त अफरको फाइदा इलेक्ट्रिकल स्कुटर खरिद गर्न चाहने परिवारले लिन सक्ने कम्पनीले बताएको छ ।

त्रिपुरेश्वरमा प्रधान कार्यालय रहेको जम्बो इको भेइकलले विगत लामो समयदेखी लेबनाङ्ग तथा एमडीकेए ब्राण्डका ईलेक्ट्रिकल स्कुटरहरु काठमाडौ, भक्तपुर, ललितपुर, हेटौंडा, नारायणघाट, भरतपुर, कावासोती, बुटवल, कपिलबस्तु लगायत देशका धेरै शहरहरु बाट विक्री वितरण भइरहेको जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले जानकरी दिए ।

हफ्तैपिछे बढ्दो पेट्रोलको दामको मारबाट बच्न विद्युतीय सवारी साधन एक उत्तम विकल्प रहेको कम्पनीले बताएको छ ।

१५ सय वाट, २ हजार वाट र ३ सहजार वाटका इलेक्ट्रिकल स्कुटरहरु मोबाइल जसरी सजिलै घर भित्रै चार्ज गर्न सकिने छ कम्पनीले बताएको छ । उक्त स्कुटरमा दुई वर्षको वारेन्टी प्रदान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर