एमाले दैलेख : फर्जी मत भेटिएपछि स्थगित निर्वाचनको प्रक्रिया पुन: सुरू गरिने – Nepal Press

एमाले दैलेख : फर्जी मत भेटिएपछि स्थगित निर्वाचनको प्रक्रिया पुन: सुरू गरिने

सुर्खेत । नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन प्रकरणमा पुस २३ गते भएका सबै निर्वाचन प्रक्रिया खारेज भएका छन् । नेकपा एमाले जिल्ला कमिटी दैलेखको अधिवेशनमा केही मत फर्जी भेटिएपछि विवाद भएको थियो ।

नेकपा एमाले दैलेखको अध्यक्ष पदका लागि यसअघि रविन्द्रराज शर्मा र सुर्य शाहीबीच प्रतिस्पर्धा भएको थियो । मतदान पश्चात मतगणनाा गर्ने समयमा मतदाता भन्दा बढी मत भेटिएपछि एमाले दैलेखको अधिवेशन स्थगित भएको थियो ।

‘अब सबै निर्वाचन प्रक्रिया सुरु देखि नै हुन्छ । यसअघिको निर्वाचन मण्डलले गरेका सबै निर्णय खारेज भएका छन्।’ एमाले कर्णाली प्रदेश इन्चार्ज यामलाल कंडेलले भने, ‘अब बस्ने जिल्ला कमिटिको वैठकले निर्वाचन कहिले गर्ने भन्ने निर्णय गर्नेछ ।’

एमाले दैलेखका अनुसार यसअघि सर्वसम्मत निर्वाचित भएकाहरु फेरि सर्वसम्मत हुनुपर्ने देखिएको छ । एमाले उपाध्यक्ष बनेका एन के बस्नेतको पद पनि जाने भएको छ भने अब एमालेको अध्यक्ष, पदाधिकारी तथा सदस्यमा उम्मेदवारी दिन प्रतिनिधिहरुले पाउने भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर