भक्तपुरमा टहराभित्र परालले छोपेर राखेको अवस्थामा महिलाको शव भेटियो – Nepal Press

भक्तपुरमा टहराभित्र परालले छोपेर राखेको अवस्थामा महिलाको शव भेटियो

काठमाडौं । भक्तपुरमा टहराभित्र परालले छोपेर राखेको राखेको अवस्थामा महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका- ७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र अन्दाजी ३५ वर्षीया महिलाको शव परालले छोपेर राखेको अवस्थामा फेला परेको हो ।

सोमबार राति साढे १० बजे स्थानीयले खबर गरेपछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरिक्षक शिव कुमार श्रेष्ठको कमाण्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

मृतक महिलाको पहिचान खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक राजु पाण्डेले बताए ।

महिलाको घाँटी अगाडि भागमा गहिरो चोट, शरीरको अन्य भागहरुमा समेत काटेको चोटहरु देखिएकाे उनले बताए। महिलाकाे शव अर्धनग्न अवस्थामा भेटिएकाे थियाे ।

घटनास्थल प्रकृति तथा लाश जाँच मुचुल्का गरी पोष्टमार्टमको लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ। थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर