नेष्डो लघुवित्तको आईपीओ आज बाँडफाँट हुँदै
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७८ फागुन २४ गते ९:०९
![](https://www.nepalpress.com/wp-content/uploads/2021/02/ipo-1.jpg)
काठमाडौं। नेष्डो समृद्ध लघुवित्तको आईपीओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।
नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट ग्लोबल आईएमई क्यापिटलले गोलाप्रथाबाट गर्दैछ । एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएको थियो ।
सर्वसाधारणका लागि ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएको थियो ।
प्रतिक्रिया