रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला, सामूहिक आत्महत्या प्रयासको आशंका – Nepal Press

रामकोटमा एकै परिवारका ५ जना बेहोस अवस्थामा फेला, सामूहिक आत्महत्या प्रयासको आशंका

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-६ रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन्।

तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीले सामूहिक आत्महत्याको प्रयास भएको जनाएको छ। मृत्यु हुनेमा ३३ वर्षीय सुवर्णमान प्रधान रहेका छन्।

६३ वर्षीया इन्द्रमाया प्रधान, ३८ वर्षीय भीममान प्रधान, ३३ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधान बेहोस अवस्थामा भेटिएका थिए।

उनीहरुको हरुको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको काठमाडौं प्रहरी प्रमुख सुदिप गिरीले जानकारी दिए।

सोमबार बेलुकी साढे १० बजे  ईन्दिरामाया प्रधानको परिवारले विष सेवन गरेकाे उनले बताए । उनीहरुकाे स्थायी घर काठमाडाैंकाे डल्लु भएपिन डाडापौवा स्थित उद्धवराज पुरीको २ तल्ले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडमा र्लिएर बसेका थिए ।

घरभित्र विषका बोतलहरु भेटिएकाले सामूहिक आत्महत्याको प्रयास भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घाइतेहरुकाे  मनमोहन मेमोरियल अस्पताल स्वयम्भू लगेर उपचार भईरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर