कांग्रेस सिरहा निर्वाचन : धाँदली भएको भन्दै मतदानस्थलमा विवाद, प्रहरीको लाठीचार्ज – Nepal Press

कांग्रेस सिरहा निर्वाचन : धाँदली भएको भन्दै मतदानस्थलमा विवाद, प्रहरीको लाठीचार्ज

जनकपुरधाम । नेपाली कांग्रेस सिरहाको नेतृत्व चयनका लागि भइरहेको मतदानस्थलमा प्रहरीले लाठी चार्ज गरेको छ ।

संस्थापन पक्षले धांधली गरेको भन्दै  इतर पक्षका नेता कार्यकर्ताहरुले विवाद गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।

जिल्लाको गोलबजार नगरपालिका ४ स्थित मतदान स्थलमा विवाद सिर्जना भएको हो ।

संस्थापन पक्षबाट सभापतिमा रामचन्द्र यादव र संस्थापन इतर पक्षबाट रामसुन्दर चौधरी प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

संस्थापन पक्षका उम्मेदवार यादवले मतदानस्थलमा गुण्डा केटा राखेर अन्य मतदाताको मत खसाउन थालेको र सोविरूद्ध बोलेपछि प्रहरीबाट आफूहरुमाथि लाठी चार्ज गराएको आरोप चौधरी पक्षका नेताहरुले आरोप लगाएका छन् ।

प्रहरीले लाठी चार्ज गरेपछि उम्मेदवार चौधरीले मतदान बहिस्कार गरेको कांग्रेस नेता एवं मधेसका सांसद नरेश यादवले जानकारी दिए ।

उनका अनुसार मतदानस्थलमा खटेका पोली एजेण्टलाई समेत उम्मेदवार चौधरीले फिर्ता बोलाएका छन् ।

उनले उम्मेदवार यादवले हार्ने अबस्था देखेपछि प्रहरीलाई मिलाएर उम्मेदवार यादवले धांधली गर्न खोजेको बताए ।

उनले भने, ‘करिब २७ सय मतदाता छन् । तर १३ सय जति मतदाताले मतदान गरेकै बेला धांधली गर्न लागेपछि चौधरी पक्ष बहिस्कार गरे । त्यसैले अब पुनः निर्वाचन गराउनुपर्छ ।’

सिरहामा सुरुदेखि नै निर्वाचन गराउन विवाद देखिएको छ । उम्मेदवार यादवले गोलबजारमा र चौधरीले सिरहा सदरमुकाममा निर्वाचनको उद्घाटन सत्र कार्यक्रम गरेका थिए ।

आज भइरहेको मतदानस्थलमा समाचार संकलन गर्न पत्रकारलाई रोक लगाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर