माओवादीले २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य बनाउने, चुनावी तालमेलका लागि कार्यदल गठन – Nepal Press

माओवादीले २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य बनाउने, चुनावी तालमेलका लागि कार्यदल गठन

प्रस्तावित ४७ जनाको नाम अनुमोदन भएन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक केही केन्द्रीय सदस्य थप्दै र नेताहरुको कार्यविभाजन गर्दै सकिएको छ ।

बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा बसेको केन्द्रीय समिति बैठकमा मनोनित गर्न बाँकी ९७ जनाको नाम अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए ।

तर, ती सबै नाममा सहमति जुट्न नसक्दा प्रस्तावित मध्य ५० जनालाई मात्रै अनुमोदन गर्दै बैठक सकिएको हो ।

केन्द्रीय सदस्य वर्षमान पुनका अनुसार हाल केन्द्रीय सदस्य संख्या २९७ जना मात्रै हुने र बाँकी पछि थपिने जानकारी दिए ।

उनका अनुसार अब माओवादीमा २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य समेत हुनेछन् । ३४४ को २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य बनाउँदा त्यो ८६ जना हुन्छ ।

वैकल्पिक केन्द्रीय सदस्यलाई मतदानको अधिकार भने हुँदैन ।

बैठकले पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन पनि अर्को बैठकबाट गर्ने भएको छ। आगामी जेठ २० मा बस्ने बैठकबाट त्यो टुंगो लगाइने बताइएको छ ।

त्यस्तै माओवादीले स्थानीय तहमा चुनावी तालमेलका लागि एक कार्यदल बनाउने निर्णय समेत गरेको नेता पुनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर