श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने टोलिमाथि नेपालको फराकिलो जित – Nepal Press

श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने टोलिमाथि नेपालको फराकिलो जित

काठमाडौं । विश्वकप लिग-२ को तयारीका लागि श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा जित निकालेको छ ।

सोमबार भएको खेलमा नेपालले श्रीलंका नेभीलाई एक सय ११ रनले हराएको हो ।

श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने नेभीविरुद्ध पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभर १ बलमा ९ विकेट गुमाएर २ सय १४ रन जोडेको थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४३, विनोद भण्डारीले २२, कमलसिंह ऐरीले‍ २१, आरिफ शेखले ३६, रोहित पौडेलले १३ र कुशल भुर्तेलले १३ रन बनाएका थिए ।

नेभीले २८ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ३ रन जोड्यो ।

नेपालका सन्दीप लामिछानेले तीन तथा ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई दुई विकेट लिए । कमलसिंह ऐरी, करन केसी र सागर ढकालले एक एक विकेट हात पारे । नेपालले दोस्रो अभ्यास खेलमा मंगलबार नेभीसँग नै खेल्ने छ ।

श्रीलंकामा चार वटा अभ्यास खेल खेल्ने नेपाली टोली पपुआ न्युगिनी र यूएई सम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्न मार्च १४ तारिखमा यूएई प्रस्थान गर्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर