स्थानीय निर्वाचनमा पार्टीले ठूलो सफलता प्राप्त गर्छ : माधव नेपाल – Nepal Press

स्थानीय निर्वाचनमा पार्टीले ठूलो सफलता प्राप्त गर्छ : माधव नेपाल

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दावी गरेका छन् ।

सोमबार रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुलाई काठमाडौंमा स्वागत गर्दै अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा अन्य पार्टीहरुसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताए ।

पार्टीले आगामी चुनावमा केन्द्रीत भएर टोल–टोलमा संगठन विस्तार र परिचालनमा लागेको पनि उनले बताए ।

उनले भने, ‘चुनावको तयारीलाई फोकस गरेर प्रत्येक पालिका–पालिकामा राम्रो तयारीको काममा जुट्दै, कमिटी बनाउँदै, वडा, टोलटोलमा पनि पार्टीको कमिटीहरुको बिस्तार गर्दै चुनाव सम्बन्धी परिचालन कमिटी पनि हामी बनाउँदै जानेछौँ । र जो जो सँग हाम्रो तालमेल मिल्नेछ, तालमेल मिलेर हामी चुनावमा अत्याधिक ठुलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर