सेयर बजारमा झिनो सुधार, १.५५ अंकले वृद्धि – Nepal Press

सेयर बजारमा झिनो सुधार, १.५५ अंकले वृद्धि

काठमाडौं । लामो समय पछि आज सेयर बजारमा झिनो अंकको सुधार आएको छ ।

१२ दिनदेनि निरन्तर घटेको सेयर बजार आज १.५५ अंकले वृद्धि भएको छ । ०.०६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५४४.९३ अंकमा पुगेको छ ।

२ अर्ब ६० करोड ९ लाख ३० हजार रुपैयाँ आज सेयर कारोबार भएको छ ।

२ सय ३० वटा कम्पनीका ५३ लाख १५ हजार २ सय ९२ कित्ता सेयर कारोबार भएको हो ।

शिवम् सिमेन्टको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज २७ करोड ६९ लाख ३२ हजार ८ सय रुपैयाँको सेयर कारोबार भएको हो ।

बुद्धभूमि नेपाल सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ । आज सो कम्पनीको ५.८९ प्रतिशतले सेयर मूल्य वृद्धि भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर