सिरहामा विद्यालय बन्द गरी कांग्रेसको निर्वाचन, पत्रकारलाई समाचार संकलनमा अवरोध – Nepal Press

सिरहामा विद्यालय बन्द गरी कांग्रेसको निर्वाचन, पत्रकारलाई समाचार संकलनमा अवरोध

जनकपुरधाम । नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशनअन्तर्गत सिरहाको गोलबजारमा मतदान जारी छ । गोलबजार नगरपालिका-४ स्थित जनता माध्यमिक विद्यालयमा पठनपाठन बन्द गरेरै मतदान जारी राखिएको हो ।

मतदानस्थलको समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई अवरोध गरिएपछि पत्रकारहरू क्यामेरालगायतका सञ्चार सामग्री तेर्स्याएर धर्नामा बसेका छन् ।

अवरोधको विषयमा प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई जिज्ञासा राख्दा सुरक्षा निकायले सुरक्षा प्रदान गरिरहेकोले पत्रकारलाई विद्यालयको परिसरबाहिरैबाट समाचार संकलन गर्न सकिने भनेर रोक्न खोजेको पत्रकार विनय यादवले बताए ।

नेपाल पत्रकार महासंघ सिरहाका सदस्य सुरेन्द्रकुमार कामतीको नेतृत्वमा विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरू घर्नामा बसेर समाचार संकलन अवरोध गरेकोमा आपत्ति जनाएका छन् ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सुरक्षाको कारणले पत्रकारलाई विद्यालयको परिसर बाहिरैवाट समाचार संकलन गर्न आग्रह गरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर