बार चुनावका लागि एमालेनिकट पीपीएलएको प्यानल घोषणा (सूचीसहित) – Nepal Press

बार चुनावका लागि एमालेनिकट पीपीएलएको प्यानल घोषणा (सूचीसहित)

एमालेविरुद्ध प्यानल घोषणाको तयारीमा सत्ता गठबन्धन

काठमाडौं । नेपाल बार एशोसिएशनको निर्वाचनका लागि प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए) ले प्यानसहित उम्मेदवार घोषणा गरेको छ । पीपीएलए नेकपा एमालेनिकटको कानून व्यवसायी संगठन हो ।

पीपीएलएले अध्यक्षमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीलाई अगाडि सारेको छ । त्यस्तै उपाध्यक्षमा प्रदेश १ बाट रोहित डाँगी, प्रदेश २ बाट केशव दास, वागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट वासुदेव ज्ञवाली, कर्णालीबाट विष्णुप्रसाद तिमिल्सिना र सुदूरपश्चिमबाट चन्खबहादुर सावद (सीभी) ले उम्मेदवारी दिँदैछन् ।

पीपीएलएको प्यानलमा महिला उपाध्यक्षमा रमा श्रेष्ठ, महासचिवमा केदारप्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्की परेका छन् ।

एमालेनिकटका कानून व्यवसायीविरुद्ध सत्ता गठबन्धनका वकिलहरु मिलेर लड्ने तयारी गरेका छन् । नेपाली कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन (डीएलए) को नेतृत्वमा गठबन्धनको प्यानल सार्वजनिक गर्न लागिएको बताइएको छ ।

बार नेतृत्वका लागि आज उम्मेदवारी मनोनयन हुँदैछ ।

प्रगतिशिल तथा पेशागत कानुन व्यावसायी समुहका उम्मेदवार हरुको नामावली निम्न अनुसार रहेको छ :

अध्यक्ष: बरिष्ट अधिवक्ता बिष्णुमणि अधिकारी

उपाध्यक्ष : अधिवक्ता रोहित डाङ्गि- प्रदेश १

उपाध्यक्ष : अ.केशव दास- मधेश प्रदेश

उपाध्यक्ष: अ. डिल्लीराम मैनाली- वागमती प्रदेश

उपाध्यक्ष: अ. भुपेन्द्र खनाल- गण्डगी प्रदेश

उपाध्यक्ष: अ. बासुदेब ज्ञवाली- लुम्बिनी प्रदेश

उपाध्यक्ष: अ.बिष्णु प्रसाद तिमिल्सिना- कर्णाली प्रदेश

उपाध्यक्ष : अ.चन्ख बहादुर सावद (सिभी)- सुदुर पश्चिम प्रदेश

महिला उपाध्यक्ष :अ. रमा श्रेष्ठ

महासचिव :अ. केदार प्रसाद कोइराला

कोषाध्यक्ष : अ.जगतबहादुर कार्की

दलित: कुन्जनि परियार प्यासी- सदस्य

मधेसी/मुस्लिम :

१.उपत्यका बाहिर: अ. नरसिह चौधरी

२.उपत्यका भित्र खुला: अ.सुवासचन्द्र झा

आदिवासी जनजाति :

१.खुला १: अ.दिलकुमारी राइ

२.उपत्यका बाहिर: अ.शशी कुमारी श्रेष्ठ

महिला सदस्य

१. उपत्यका बाहीर : अ. इन्दिरा आचार्य

२.महिला / खुला :अ. मनिका खड्का

खुला ७ जना

१. अ. गणेश वलि (उपत्यका बाहिर)

२. अ.कुबेर घिमिरे

३.अ.युवक कुमार गौतम

४ अ.अर्जुन खड्का

५.अ.अनिल श्रेष्ठ

६.अ.तारा कुमार श्रेष्ठ

७. अ.हरि पङ्गेनी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर