तत्काल पदाधिकारी चयन हुदैनन् : वर्षमान पुन – Nepal Press

तत्काल पदाधिकारी चयन हुदैनन् : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी चयन तत्काल नगर्ने भएको छ ।

राजधानीमा जारी केन्द्रीय समिति बैठकपछि नेता वर्षमान पुनले तत्काल पदाधिकारी चयन नहुने बताए ।

पत्रकारहरुसँग कुरा गर्दै पुनले तत्काल पदाधिकारी चयन नभएपनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सहयोग गर्नेगरी केन्द्रीय कार्यालय बन्ने बताए ।

उनले भने, ‘तत्काल पदाधिकारी नबनाउने र अध्यक्षलाई सहयोग गर्नेगरी केन्द्रीय कार्यदल बन्छ ।’

एमसीसी र पदाधिकारी चयनले पार्टीमा अन्तरसंघर्ष बढाउने आँकलन गर्दै माओवादीले तत्कालका लागि यो विषय टार्न खोजेको हो ।

माओवादीमा वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुसाल र देव गुरुङले महासचिवका लागि दाबी गरिरहेका छन् । तीमध्ये वर्षमान र जनार्दनलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर