एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा फुर्बातेञ्जिङ – Nepal Press

एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा फुर्बातेञ्जिङ

काठमाडौं । नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चमा नयाँ नेतृत्व चयन भएको छ । मञ्चको अध्यक्षमा फुर्बातेञ्जिङ शेर्पा सर्वसम्मत भएका छन् ।

४१ सदस्यीय कमिटीको उपाध्यक्षमा ईश्वर आचार्य, सचिवमा ढोकल आलेमगर, सहसचिवमा वीरेन्द्र श्रेष्ठ र अन्नता राई साथै कोषाध्यक्षमा अविरल कार्की चयन भएका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न १३औं सम्मेलनमा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राई, केन्द्रीय सदस्य एवं भोजपुर इन्चार्ज हरिबहादुर राई, जिल्ला अध्यक्ष-उपाध्यक्ष शरणकुमार राई र मक्कर खड्का उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर