कर्पोरेट पेमा अब अनलाइन रजिष्टर गर्न सकिने – Nepal Press

कर्पोरेट पेमा अब अनलाइन रजिष्टर गर्न सकिने

काठमाडौँ । व्यावसायिक भुक्तानीको प्ल्याटफर्म कर्पोरेट पे प्राणालीको स्तरोन्नती गरी विभिन्न सुविधाहरुसँगै अब अनलाइन रजिष्टर गर्न सकिने सुविधा पनि थप गरिएको छ । बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले अब अनलाइन माध्यमबाट नै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी सम्बन्धित बैंक/वित्तीय संस्थाबाट सेवा सुचारु गर्न सक्नेछन् ।

साथै उक्त प्रणालीमा युटीलिटी तथा क्रेडिटरहरुलाई बल्क भुक्तानी, पटक–पटक गरिने भुक्तानीको लागि खाताको स्टेटमेन्ट हेर्ने सुविधा लगायत अन्य सेवा सुविधा पनि थप गरिएका छन् ।

अनलाइन रजिष्ट्रेसनको लागि बैंक/वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुले कर्पोरेट पे डट् कनेक्ट आइपीएस डट्कममा गई मागिएका कम्पनी सम्बन्धी विवरण दाखिला गर्न सक्ने छन् । कम्पनीको आवश्यक बैंक खातासम्बन्धी विवरण दाखिला गरी एक पटकको अनलाइन रजिष्ट्रेसन प्रकृया पूरा गर्न सकिने छ ।

अनलाइन रिक्वेस्टको आधारमा सम्बन्धित बैंक/वित्तीय संस्थाले सब्मिट गरिएका कागजपत्रका आधारमा सेवा सुचारु गर्न सक्नेछन् । यस अनलाइन सुविधासँगै ग्राहकहरुले बैंक/वित्तीय संस्थाको शाखा नपुगिकनै प्रारम्भिक रजिष्ट्रेसन प्रकृया पूरा गरी बैंकबाट एक पटक मात्रै स्वीकृति लिई सेवा सुचारु गर्न सकिने हुँदा कर्पोट पे प्रणालीमा आबद्ध हुन झन् सहज हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलद्वारा संचालनगरिएको उक्त प्रणालीमा हाल ४८ बैंक/वित्तीयसंस्थाहरु मार्फत् व्यावसायिक ग्राहकहरुलाई फण्ड ट्रान्स्फर, तलबभुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी, गतष्ष्तिथ सम्बन्धी भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर