हतियार बोकेर गाउँ डुल्छन् कुसे गाउँपालिका अध्यक्ष बस्नेत, नागरिक त्रसित ! – Nepal Press

हतियार बोकेर गाउँ डुल्छन् कुसे गाउँपालिका अध्यक्ष बस्नेत, नागरिक त्रसित !

सुर्खेत । जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष एवम् नेपाली कांग्रेस जाजरकोटका सचिव हरिचन्द्र बस्नेत हतियारसहित गाउँ डुल्न थालेका छन् । स्थानीय तहको निर्वाचनको सम्मुखमा उनी गाउँमा हुने गरेका अधिकांश कार्यक्रममा हतियारसहित सहभागी हुन थालेपछि स्थानीय त्रसित भएका छन् र उनको आलोचना भइरहेको छ ।

‘उहाँ जहिल्यै हतियारसहित आसेपासे लिएर हिँड्नुहुन्छ’, एक जनप्रतिनिधिले भने, ‘हामीले त्यस्तो नगर्नुस् भन्दा मान्नु हुन्न ।’ अध्यक्ष बस्नेतलाई असुरक्षा हुने कुनै कारण नभएको स्थानीयको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले अध्यक्ष बस्नेतलाई त्यस्तो सुरक्षा जोखिमबारे आफूलाई कुनै जानकारी नभएको बताए । ‘उहाँले बोक्नु भएको बन्दुक लाइसेन्स प्राप्त बन्दुक हो । उहाँले नेपालगन्जमा दर्ता गराएको भन्ने सुन्नमा आएको छ’, उनले भने, ‘लाइसेन्स भएका बन्दुक केही क्षेत्रमा मात्रै बोक्न पाइन्छ । तर सार्वजनिकरुपमा बोकेर हिँड्न पाइादैन ।’

उनले हतियारको बारेमा बुझ्न प्रहरीलाई निर्देशन दिइसकेको बताए ।


प्रतिक्रिया

One thought on “हतियार बोकेर गाउँ डुल्छन् कुसे गाउँपालिका अध्यक्ष बस्नेत, नागरिक त्रसित !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर