कानूनमन्त्री भन्छन्- प्रमुख प्रतिपक्ष प्रक्रियामा आयो, नेम्वाङ भन्छन्- सिफारिस समितिमा नाम दियौं तर प्रक्रियामा छैनौं (भिडिओ) – Nepal Press

कानूनमन्त्री भन्छन्- प्रमुख प्रतिपक्ष प्रक्रियामा आयो, नेम्वाङ भन्छन्- सिफारिस समितिमा नाम दियौं तर प्रक्रियामा छैनौं (भिडिओ)

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री बडूले संसदलाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने बताए ।

संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उनले सो आग्रहलाई एमालेले पनि गम्भिरतापूर्वक लिएको बताए ।

सर्वोच्च अदालतले पनि संसद पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उनले स्मरण गराए । मन्त्री बडूले अर्लि इलेक्शनको कुरा कुनै एजेण्डा र प्रस्तावको रुपमा नआएको स्पष्ट पारे ।

उनले भने, ‘उहाँहरुले नाम पनि दिनुभाछ । हुन्छ र हुन्नको प्रक्रियामा पनि उहाँहरु यद्यपी नाराबाजीमा हुनुहुन्थ्यो र बोल्नुभएन । तर समर्थन छ । त्यसकारण बहुमतका साथ यो पारित भएको छ । नाम दिनुभएको छ । अब प्रक्रिया अगाडी बढ्छ ।’

मन्त्री बडूले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी गरे ।

यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले महाअभियोगको प्रक्रियालाई उपयुक्त निष्कर्षमा पु¥याउनका लागि भूमिका खेल्न सो समितिमा नाम दिएको बताएका छन् ।

उनले स्थानीय तहको निर्वाचन सार्नको लागि अर्लि इलेक्शनको कुरा उठाइएको पनि बताए ।

उनले भने, ‘यो महाअभियोगको प्रक्रियालाई ठिक ढंगले उपयुक्त निष्कर्षमा पुुर्‍याउनका लागि हामीले भुमिका खेल्न भनेर संसद सचिवालयलाई नाम दिएका हौँ । त्यो नाम आज हामीले उपलब्ध गराएका छौँ । संसदका समितिका बैठकहरुमा अहिलेपनि हामी भाग लिइरहेका छौँ । त्यसैले आजबाट यसमा संलग्न भएको भन्ने होइन । आजै पनि यो समिति पारित भइरहँदा हामी प्रतिनिधि सभाको बेलमा नारा लगाइरहेका थियौँ ।’

उपनेता नेम्वाङले महाअभियोग सिफारिस समितिमा बसेर एमालेले संविधान, कानून र अभ्यास बमोजिम अगाडी बढी महत्वपूर्ण र क्रियाशील भूमिका निर्वाह गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर