पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाका यी हुन् पाँच प्रतिस्पर्धी (भिडिओ) – Nepal Press

पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाका यी हुन् पाँच प्रतिस्पर्धी (भिडिओ)

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले आइतबार एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधामा पर्न सफल खेलाडीको नाम सार्वजनिक गरेको छ ।

मञ्चको छनोट समितीले यस विधामा टेबलटेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र फुटबलकी एन्जिला तुम्बापो सुब्बालाई मनोनयन गरेको हो ।

मनोनयनमा पर्न सफल खेलाडीलाई मञ्चका सदस्य, २७ खेलका प्रमुख प्रशिक्षक र समर्थक मतदान गर्नेछन् ।

धेरै मत ल्याउने खेलाडीलाई चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने अवार्ड कार्यक्रममा विजेता घोषित गरिनेछ ।

मनोनयनमा पर्ने खेलाडीलाई समर्थकले विद्युतीय भुक्तानी माध्यम ई–सेवामार्फत मतदान गर्न सक्नेछन् ।

समर्थकको ५० प्रतिशत मतभार हुनेछ । त्यस्तै समर्थकले एनएएजेएफ पल्सर स्पोर्ट्स अवार्डको फेसबुक पेजमा गई मन पर्ने खेलाडीको तस्बीरमा लाईक गरेर पनि मत दिन सक्नेछन् । चैत ७ गते राती १२ बजेसम्म मतदान गर्न पाइने छनोट समितीका संयोजक गोविन्द रेग्मीले बताए ।

सामाजिक सञ्जाल फेसबुक पेजमा आएको लाइकको मतभार २५ प्रतिशत रहनेछ । त्यस्तै २७ खेलका प्रमुख प्रशिक्षक र खेल पत्रकारले दिने मतको मतभार समान १२.५ प्रतिशत हुनेछ ।

मञ्चले यसअघि नै एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको १८औं संस्करणलाई दशक अवार्डका रुपमा खेलाडीलाई सम्मान गर्ने घोषणा गरिसकेको छ ।

अन्य विधामा दशक अवार्डबाट खेलाडी सम्मानित हुने भए पनि पिपल्स च्वाइसलाई नियमित अवार्डका रुपमा राखिएको संयोजक रेग्मीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर