मेक्सिकोको शीर्ष डिभिजन फुटबलमा समर्थकबीच झगडा हुँदा कम्तिमा २२ घाइते – Nepal Press

मेक्सिकोको शीर्ष डिभिजन फुटबलमा समर्थकबीच झगडा हुँदा कम्तिमा २२ घाइते

मेक्सिको सिटी । मेक्सिकोको शीर्ष डिभिजन फुटबलमा समर्थकबीच झगडा हुँदा कम्तिमा २२ जना घाइते भएका छन् ।

क्वारेतारो र एटलासबीच खेल भइरहेका बेला दुई टोलीका समर्थकबीच झगडा भएको थियो । हानाहान हुँदा २ जना गम्भिर घाइते भएका छन् ।

गम्भीर घाइते दुईसहित ९ जनालाई उपचारका लागि अस्पताल लगिएको मेक्सिकन अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

झगडाका कारण ६३ मिनेटपछि खेल रोकिएको थियो । त्यतिबेलासम्म भ्रमणकारी टोली एट्लास १—० गोलले अगाडि रहेको थियो । झगडाको कारण खुल्न नसकेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर