बिल गेट्सकी पूर्वपत्नि मेलिन्डाले सम्बन्धविच्छेद हुनुको कारण खुलाइन् – Nepal Press

बिल गेट्सकी पूर्वपत्नि मेलिन्डाले सम्बन्धविच्छेद हुनुको कारण खुलाइन्

न्यूयोर्क । संसारका सर्वाधिक धनीमध्येका एक अर्बपति बिल गेट्सकी पूर्वपत्नि मेलिन्डाले पहिलो पटक आफ्नो सम्बन्धविच्छेद हुनुको कारणहरु खुलाएकी छन् ।

सीबीएस न्यूजसँगको अन्तर्वार्तामा उनले बिल गेट्ससँग सम्बन्धविच्छेद गर्नुको कारणबारे खुलासा गरेकी हुन् ।

बिल गेट्स र उनकी श्रीमती मेलिन्डा फ्रेन्च गेट्सले २७ वर्षको वैवाहिक जीवनपछि गत वर्ष मे महिनामा अलग भएका थिए ।

बिल गेट्सको सम्बन्धको बारेमा कुरा गर्दै मेलिन्डाले भनिन्, ‘एक समय यस्तो आयो, जब हामीबीचमा केही बाँकी थिएन। म माफ गर्नमा विश्वास गर्छु, त्यसैले हामीले हाम्रो सम्बन्धलाई फेरि सम्हाल्छौं भन्ने सोचेको थिएँ । त्यसबेला मलाइ अलग्गै बस्नु ठिक लाग्यो । बिलसँग अलग भएपछि म धेरै रात रोएर बिताए । त्यो मेरो शोकको समय थियो ।’

मेलिन्डाले भनिन्, ‘ मेरो जीवनमा यस्तो मौका आयो जब मेरो विवाह टुटेपछि म धेरै दुखि भएको थिएँ। सम्बन्धविच्छेदको निर्णय भएपछि, मलाई बिलका प्रवक्ताले उनीहरूको २० वर्ष पुरानो एक्स्ट्रा मैरिटल अफेयरको बारेमा बताए । अलग हुने कारण यो मात्र थिएन । तर, अहिले त्यो पीडाबाट मुक्त भएर जीवनको नयाँ अध्यायतिर लाग्दैछु ।’

बिल र मेलिन्डाको भेट यसरी भयो

माइक्रोसफ्टमा आबद्ध भएको चार महिनापछि, मेलिन्डाले न्यूयोर्कमा भएको पीसी एक्सपो ट्रेड शोमा बिल गेट्सलाई भेटिन्। यहाँ दुबैको भेट बिजनेस डिनरमा भएको थियो । यो डिनर पछि दुबैले एकअर्कालाई डेट गर्न थाले ।

पहिलो भेटको सात साल पछि सन् १९९४ मा उनीहरुले हवाईको लानाई टापुमा विवाह गरे। दुबैका तीन सन्तान छन् ।

मेलिन्डा गेट्सले सन् १९९६ मा माइक्रोसफ्टको जागिर छोडेर पति बिल गेट्ससँग मिलेर ‘गेट्स लाइब्रेरी फाउन्डेसन’को स्थापना गरिन्, जसको नाम सन् २००० मा ‘बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ राखियो ।

समाजमा उनले गरेको योगदानका कारण सन् २००५ मा टाइम म्यागेजिनले कभर स्टोरी नै गरेको थियो । मेलिन्डा गेट्स ६२० मिलियन डलर (४७४ अर्ब रुपैयाँ) को मालिक पनि हुन् ।

सिएटलमा रहेको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन संसारको सबैभन्दा प्रभावशाली निजी संस्था हो । सम्बन्धविच्छेदपछि पनि दुवैले आफ्नो फाउन्डेसनको सहअध्यक्षको रुपमासँगै काम गरिरहने बताएका छन् । यो सस्थाले विश्वभरका देशहरूमा परोपकारी काम गर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *