सुनको मूल्य तोलाको एक लाख नाघ्यो, एक सातामै पाँच हजार रुपैयाँ महंगो – Nepal Press

सुनको मूल्य तोलाको एक लाख नाघ्यो, एक सातामै पाँच हजार रुपैयाँ महंगो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकाएक प्रति तोला एक लाख रुपैयाँ नाघेको छ।

नेपाल सुन चाँदी व्यवशायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रति तोला एक लाख एक हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रति तोला एक लाख एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबारको तुलनामा सुनको मुल्य प्रति तोला २ हजार चाँदीको मुल्य प्रति तोला ३५ रुपैयाँ बढेको हो। यसअघि २०७७ मंसिरमा भने पनि सुनको मूल्य प्रति तोला एक लाख रुपैयाँ नाघेको थियो।

युक्रेनमाथी रुसले आक्रमण सुरु गरेसँगै सुनको मूल्य नेपाली बजारमा आकाशिन थालेको हो। सुनको मूल्य एक सातामै प्रति तोला ५ हजार रुपैयाँ भन्दा बढिले बढेको छ। फागुन १५ गते तेजाबी सुन प्रति तोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

फागुन १६ गते १६ सयले बढेको थियो भने फागुन १७ गते ६ सय रुपैयाँ घटेको थियो। फागुन १८ गते १९ सय रुपैयाँ बढेकामा त्यसको भोलिपल्ट ५ सय रुपैयाँ घटेको थियो। फागुन २० गते फेरी ९ सय रुपैयाँ बढेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर