सुनको मूल्य तोलामा एक लाख नाघ्यो – Nepal Press

सुनको मूल्य तोलामा एक लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रति तोला एक लाख रुपैयाँ कटेको छ।

नेपाल सुन चाँदी व्यवशायी महासंघका अनुसार आइतबार छापावाल सुनको प्रति तोला एक लाख एक हजार ९ सय रुपैयाँ र तेजावी सुन प्रति तोला एक लाख एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मुल्य पनि प्रति तोलामा ३५ रुपैयाँको दरले बढेको छ । शुक्रबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

युक्रेनमाथी रुसले आक्रमण सुरु गरेसँगै सुनको मुल्य नेपाली बजारमा आकाशिन थालेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर