प्रेस चौतारी उपत्यका प्रदेश अध्यक्षमा आचार्य सर्वसम्मत, महासचिवमा धमला – Nepal Press

प्रेस चौतारी उपत्यका प्रदेश अध्यक्षमा आचार्य सर्वसम्मत, महासचिवमा धमला

काठमाडौं । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको उपत्यका प्रदेश अध्यक्षमा विष्णु आचार्य सर्वसम्मत चयन भएका छन् ।

शनिबार काठमाडौंमा भएको अधिवेशनबाट आचार्यको नेतृत्वमा ३७ सदस्यीय कमिटी चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा ज्योति जिसी र सीता पौडेल (अर्चना), महासचिवमा घनश्याम धमला, कोषाध्यक्षमा शालिकराम लामिछानेसँगै सचिवमा रमेश तिमिल्सिना र लिला श्रेष्ठ चुनिएका छन् ।

प्रेस चौतारीले शनिबार नै वाग्मतीसँगै मधेस, सुदूरपश्चिम, उपत्यका, एशोसियट र प्रतिष्ठान प्रदेशको अधिवेशन गरेको छ ।

प्रेस चौतारीको केन्द्रीय महाधिवेशन फागुन २७ गतेदेखि पोखरामा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर