गायक युवराजको चौलागाईको ‘छुटे पछि त छुट्यो छुट्यो’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित) – Nepal Press

गायक युवराजको चौलागाईको ‘छुटे पछि त छुट्यो छुट्यो’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक युवराज चौलागाईंको नयाँ गी ‘छुटे पछि त छुट्यो छुट्यो’ बोलको गीत सार्वजनिक भएको छ । युवराजको आफ्नै स्वर रहेको गीतमा दीपीका रिमाल थापाको शब्द रहेको छ भने संगीत गायक स्वयंको छ । स्वरमा युवराजलाई अनुष्का पाठकले साथ दिएकी छन् । गीतमा युवयराज पौडेल एरेन्ज छ ।

छुट्न मन नहुँदा नहुँदै छुट्न लागेको प्रेम सम्बन्धको कुरा गीतले बोलेको छ । प्रेम छुटेपछिको परिकल्पना गर्दै त्यसले दिने पीडा गीतका शब्दमार्फत व्यक्त गरिएका छन् । कुमार कटुवालले छायांकन गरेको म्यूजिक भिडियोको सम्पादन पदम तिमल्निाले गरेका हुन् । भुषण दाहालले निर्देशन गरेको म्यूजिक भिडियोमा भिडियोमा गायक युवराज र चर्चीत मोडल अञ्जली अधिकारीको अभिनय छ । गायक चौलागाईले आफ्नै युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर