प्रेस चौतारी सुदूरपश्चिमको अध्यक्षमा ओली, महासचिवमा भट्ट – Nepal Press

प्रेस चौतारी सुदूरपश्चिमको अध्यक्षमा ओली, महासचिवमा भट्ट

कैलाली । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षतामा कृष्ण ओली चयन भएका छन् ।
आज धनगढीमा सम्पन्न प्रथम अधिवेशनले ओलीको अध्यक्षतामा सर्वसम्मत रुपमा५१ सदस्यीय नया कार्य समिती चयन भएको हो ।
उपाध्यक्षमा लिली कुवर र हरिष चन्द चयन भएका छन्। यस्तै महासचिवमा शिवराज भट्ट चयन भएका छन्। सचिवमा नरेन्द्र कार्की र रामचन्द्र कुश्मी र कोषाध्यक्षमा चन्द्र थापा चयन भएका छन्।
उद्घाटन सत्रमा एमाले केन्द्रिय सचीव लेखराज भट्ट स्थायी कमिटी सदस्य कर्ण थापा, पोलिट ब्युरो सदस्य नारदमुनि राना लगाएतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर