बैतडीमा तीन वडाध्यक्षसहित १५६ जना एमालेमा प्रवेश – Nepal Press

बैतडीमा तीन वडाध्यक्षसहित १५६ जना एमालेमा प्रवेश

कैलाली । बैतडीको शिवनाथ गाउँपालिकामा तीन जना वडाध्यक्ष सहित १३ जना जनप्रतिनिधिले नेकपा एमाले प्रवेश गरेका छन् ।

एमाले बाट निर्वाचित भएर नेकपा एकीकृत समाजवादीमा खुलेका ३ वडा अध्यक्षसहित ९ सदस्य र कांग्रेसबाट निर्वाचित वडा सदस्यले एमाले प्रवेश गरेका हुन् ।

शनिबार गाउँपालिका स्तरीय भेलामा शिवनाथ गाउँपालिका वडा नं. १ का अध्यक्ष करन पार्की, वडा नं. २ का अध्यक्ष हजारी साउँद, वडा नं. ३ का अध्यक्ष बिरबहादुर साउँद र वडा नं. ४ की वडा सदस्य पाना तिरुवाले एमाले प्रवेश गरेको एमाले केन्द्रिय सदस्य लिलाधर भट्टले जनकारी दिए ।

उनका अनुसार तिरुवा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन । ‘विभिन्न पार्टी परित्याग गरी १ सय ५६ जनाले एमाले रोजेका छन्,’ उनले भने, ‘कांग्रेसबाट मात्रै २६ जना एमालेमा आएका छन् ।’ वडा अध्यक्ष हजारी एमाले बैतडीका निर्वतमान उपाध्यक्ष समेत हुन् । उनी समाजवादीका प्रदेश सदस्य समेत हुन् ।

बैतडीमा २६ जना जनप्रतिनिधिले एमाजबादीमा सनाखत गरेका थिए । ती मध्ये १३ जना एमालेमै फर्किएको भट्टले जानकारी दिए । यहाका ४ वडाध्यक्ष मध्ये तीन जना फर्किएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर