एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटी एमालेमा समाहित – Nepal Press

एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटी एमालेमा समाहित

रूपन्देही । प्युठानको एकीकृत समाजवादीको सरुमारानी पालिका कमिटी एमालेमा समाहित भएको छ ।

नेकपा एकीकृत समाजवादी प्युठानका जिल्ला उपाध्यक्ष मोहम्मद हलिम हलुवाईको नेतृत्वमा १५३ जना नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

यो संगै हलुवाईको नेतृत्वमा सिङ्गो पालिका कमिटी नै एमालेमा प्रबेश गरेका हुन् । हलुवाईसंगै पार्टीका जिल्ला सदस्य युवा बिद्यार्थीका नेताहरु एमालेमा प्रबेश गरेको स्थानीय पत्रकार सलिम अन्सारीले जानकारी दिए ।

उनीहरूलाई एमाले पोलिटब्युरो सदस्य सूर्य थापा, केन्द्रीय सदस्य हरि रिजाल, प्रदेश सदस्य धनबहादुर रायमाझी, जिल्ला अध्यक्ष विराज विष्टले एमालेमा प्रवेश गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर