कालिकोटका हमालको सुर्खेतमा मृत्यु, आफन्त भन्छन- प्रहरीको कुटाइबाट ज्यान गयो – Nepal Press

कालिकोटका हमालको सुर्खेतमा मृत्यु, आफन्त भन्छन- प्रहरीको कुटाइबाट ज्यान गयो

सुर्खेत । कालिकोटमा फेन्सी पसल चलाउँदै आएका मिनि हमालको सुर्खेतमा मृत्यु भएको छ ।

नेपालगञ्जबाट भे १ क ९२२ नम्बरको ट्रकमा सुर्खेत आउँदै गर्दा उनको मृत्यु भएको हा । आफन्तले प्रहरीको कुटाईबाट मृत्यु भएको आरोप लगाएका छन् ।

प्रहरीले मदिरा सेवन गरेको भन्दै निर्घात कुटपिट गर्दा उनको ज्यान भएको आफन्तको आरोप छ । अहिले ट्रक चालक र खलासी प्रहरी नियन्त्रणमा रहेका छन् । मृतकका कोखामा निलडाम देखिएका छन् । उनको शव अहिले अस्पतालमै रहेको छ ।

प्रहरीले रसिद काट्ने बहानामा कुटपिट गरेको आरोप उनका आफन्तको छ ।

मृतकका भाइ नातापर्ने आफन्त देविकृष्ण पाण्डेले भने, ‘हिजो राती एघार बजे उहाँहरु ट्रकमा चढेर सामानसहित सुब्बाकुनामा आउनु भएछ । सुब्बाकुनाको चेकपोस्टमा ड्राइभरलाई प्रहरीले लाइसेन्स देखाउन भनेछन् । प्रहरीले ड्राइभरलाई हानेको रहेछ । त्यसपछि ट्रकमा सवार मृतक दाजुले चिट काटनुस किन हानेको भनेर भन्नु भएछ । त्यसपछि प्रहरीले कुटपिट गरेको रहेछ ।’

मृतकका अर्का आफन्त दाजु रत्न पाण्डेले प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका हमालको उपचारका क्रममा निधन भएको खवर आफूले पाएको बताए ।

प्रहरीले उनलाई मापसे गरेर आएको भन्दै निर्घात कुटपिट गरेको आफन्तको आरोप छ । आफन्तहरुले घटानमा संलग्नलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।

घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीलाई फोन सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर