गृहमन्त्री खाणले गरे तिलोत्तमा चक्रपथको शिलान्यास – Nepal Press

गृहमन्त्री खाणले गरे तिलोत्तमा चक्रपथको शिलान्यास

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथको शिलान्यास गरिएको छ। नगरपालिकामा निर्माण भइरहेको चक्रपथको (शनिबार) गृहमन्त्री बालकृष्ण खाणले शिलान्यास गरेका हुन्।

गृहमन्त्री खाणले यो चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्याएको थियो । मन्त्री खाणले चक्रपथको दिगो स्ट्रक्चर निर्माण सहित यो क्षेत्रको विकासमा कन्जुस्याइँ नगरिने बताए। चक्रपथ निर्माणमा आफूले सरकारको तर्फबाट बजेटको कमि हुन नदिने समेत उनले प्रतिबद्धता जनाए।

तिलोत्तमा चक्रपथ महात्वकांक्षी योजनामा पर्छ । निर्माण पछि देशभरका स्थानीय तह मध्ये तिलोत्तमा चक्रपथ पहिलो हुने छ । चक्रपथ तिलोत्तमा नगरपालिका, सियारी गाउँपालिका ओमसतिया गाउँपालिका, बुटवल उपमहानगरनगरपालिका, देवदह नगरपालिका, रोहिणी गाउँपालिमाको मध्यभागमा पर्नेछ ।

गृहमन्त्री खाणले चक्रपथको वजेटको लागि सरकारबाट मात्र नभई वैदेशिक दात्री निकायसंग सहयोगको लागि पहल गर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर