पाटनका ढुंगेधाराको बेहाल (फोटोफिचर) – Nepal Press

पाटनका ढुंगेधाराको बेहाल (फोटोफिचर)

काठमाडौं । मल्यकालीन सभ्यताको प्रतिक मानिने ढुंगेधारा र काठमाडौं उपत्यका पर्याय मानिन्थ्यो । केही वर्ष अघि सम्म पानी बगिरहेका ढुंगेधारा भएको स्थानमा कतै गगनचुम्बी भवन बनिसकेका छन् त कतै फोहर फाल्ने स्थानमा परिणत भएका छन् ।

काठमाडौं क्षेत्रका एक दुई स्थानका बाहेक ढुंगेधारा हराइसकेका छन् । भक्तपुरमा संरक्षणको अभियान थालिएको छ । यता पाटनमा रहेका ढुंगेधाराहरु संरक्षणको अभावमा फोहर फाल्ने अवस्थामा पुगेकाछन् ।

ललितपुरको दक्षिण टिकाभैरवबाट ल्याइएको राजकुलो चक्रपथ निर्माणको क्रममा पाटनतर्फ जान बन्द भएपछि स्थानीय पोखरीहरु सुक्दै जाँदा यी ढुंगेधाराहरु सुक्न थालेका छन् ।

बढ्दो शहरीकरणका कारण घर लगायतका संरचनाहरु बन्दै जाँदा पानी बग्ने र जमिन मुनि जाने प्राकृतिक बाटो बन्द हुँदा ढुंगेधारा सुकेको स्थानीयहरु बताउँछन् । वर्षा याममा मात्रै पानी झर्ने यी ढुंगेधाराहरु पानी बग्ने ठाँउ नपाउदा पनि कुरुप बन्दै गएका छन् ।

यसैक्रममा काठमाण्डौ उपत्यकाको ढुंगेधाराहरुको अवस्था खोज्ने क्रममा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारहरुले पाटन क्षेत्रमा संकलन गरेको ढुंगेधाराहरुको तस्बिरहरु ।


प्रतिक्रिया

One thought on “पाटनका ढुंगेधाराको बेहाल (फोटोफिचर)

  1. चिरीबाबु खुब गरेकाे भनेर हल्ला गर्छन त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर