आमाले गरिन् १२ वर्षीया छोरीको हत्या – Nepal Press

आमाले गरिन् १२ वर्षीया छोरीको हत्या

रुपन्देही । कपिलवस्तुमा आमाले आफ्नै छोरीको हत्या गरेकी छन् । जिल्लाको बाणगंगा नगरपालिका-१ उत्तमनगरमा सीता नेपालीले आफ्नै १२ वर्षीया छोरीको हत्या गरेकी हुन् ।

छोरीको हत्यापछि शव लुकाउन हिँडेकी नेपालीलाई गोप्य सुचनाको आधारमा सशस्त्र प्रहरी व्यास क्याम्प पिपरा अगाडि पक्राउ गरेको जनाइएको छ ।

उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा लैजान खोजेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले घटना शंकास्पद देखिएको बताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर