अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वार्नको निधन – Nepal Press

अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वार्नको निधन

काठमाडौं । अष्ट्रेलियाका पूर्व क्रिकेटर शेन वार्नको निधन भएको छ ।

५२ वर्षीय वार्नको थाइल्याण्डमा निधन भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

हृदयघातका कारण उनको निधन भएको बताइएको छ ।

उनी विदा मनउान गएका बेला आफू सबेको भिल्लामा अचेत अवस्थामा रहेको पाइएको फक्स स्पोर्टसले जनाएको छ । उनलाई मेडिकल टिमलेपनि धेरै प्रयास गर्दा बचाउन नसकेको बताइएको छ ।

अष्ट्रेलियाका सर्वाधिक सफल क्रिकेटर वार्नले देशका लागि १५ बर्ष क्रिकेट खेलेका थिए । जसमा उनले ७ सय ८ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर