कुनै पनि बहानमा हिंसा र द्वन्द्वलाई स्वीकार्न सकिँदैन : गृहमन्त्री खाण – Nepal Press

कुनै पनि बहानमा हिंसा र द्वन्द्वलाई स्वीकार्न सकिँदैन : गृहमन्त्री खाण

रुपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले नेपालले कुनै पनि बहानमा हिंसा र द्वन्द्वलाई स्वीकार्न नसक्ने बताएका छन् ।

हिंसा फैलाउने गतिविधि नगर्न सबैलाई आग्रह गर्दै गृहमन्त्री खाँणले स्थानीय निर्वाचनका लागि सरकारले मिति घोषणा गरिसकेकाले तोकिएको समयमा नै निर्वाचन हुने र सबैलाई तयारीका लागि आग्रह गरे ।

रुपन्देहीमा शुक्रबार आयोजित कार्यक्रममा उनले सरकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने दावी गरे ।

उनले भने, ‘सबै राजनीतिक दलहरुले स्वस्थ प्रतिस्पर्धा गर्नेमा सरकार विश्वास रहेको छ । अब मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रबाट पछाडि फर्किन सक्ने अवस्था छैन, यही संविधानमा केही कमीकमजोरी भए त्यसलाई सुधार्न र परिस्कृत गर्न सकिन्छ तर संघीयताबाट पछि हट्न भने सकिँदैन ।’

मन्त्री खाणले राष्ट्रिय राजनीतिको मूल धारमा नआएका दलहरुलाई पनि मूल धारमा आउन आग्रह गर्दै नेपाली जनताले चुनेका जनप्रतिनिधिहरुले बनाएको संविधान भएको र यो संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रण स्थापना गरेकाले यसको सबैले संरक्षण गर्नुपर्ने धारणा राखेका छन् ।

उनले गणतान्त्रिक शासन व्यवस्थामा जनता नै मुख्य केन्द्रविन्दु भएकाले आगामी निर्वाचनमा सबै दल जनतामाझ जाने सरकारको विश्वास रहेको बताए ।

उनले एमसीसी पारित गर्ने क्रममा सहयोग पुर्याउने सबै दलको समन्वयलाई सरकार र नेपाली कांग्रेसले धन्यवाद दिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर