दिपकराजको प्रश्न : बालिकाले सिकेको नराम्रो बानीको ठेक्का हामीले लिने कि नलिने ?’ – Nepal Press

दिपकराजको प्रश्न : बालिकाले सिकेको नराम्रो बानीको ठेक्का हामीले लिने कि नलिने ?’

काठमाडौं । पल शाह प्रकरणमा अझै पनि धेरै कलाकारहरु मुख खोल्न हिच्किचाइरहेका छन् । तर, अभिनेता तथा निर्माता दिपकराज गिरी भने व्याक टु ब्याक स्टाटस लेखेर आफ्नो भाव व्यक्त गरिरहेका छन् ।

आज नाबालिग गायिकाप्रति लक्ष्यित गर्दै उनको लामो स्टाटस आएको छ । दिपकराजले गायिकालाई यहाँसम्म पुर्याएकोमा गर्व गर्ने क्षेत्रले उनले सिकेको नराम्रो बानीको ठेक्का लिने कि नलिने भन्दै प्रश्न उठाएका छन् ।

उनी लेख्छन्, ‘मिडियामा आएझै boy friend हरू राख्ने, सम्बन्ध बनाउने, षड्यन्त्र नै गर्ने, नावालिग भएर पनि यस्तो गर्ने , त्यस्तो गर्ने, यो चाहिँ उनले गॉउबाटै सिकेर आएकी थिइन् कि कसो ? यस्को जिम्मा चाहिँ हामिले लिने कि नलिने ? यो बालिका लाइ हामिले यहाँ पुर्यायौ भनेर गर्व चाहि गर्ने, तर उक्त बालिका ले सिकेको नराम्रो बानि को ठेक्का चाहि लिने कि नलिने ? उनको boy friend हरू भनेको स्कूल पढ्दा देखिका हुन् कि यही क्षेत्रमा बनेका हुन् ?’

उनले बालिकालाई ‘सराप्न’ बन्द गर्न आग्रह गरेका छन् ।

‘म समिक्षाको प्रगतिमा गर्व गर्छु भने उनले भोगिरहेको आजको नियतिमा आफूलाई दोषि देखिरहेको छु,’ दीपकले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर