नेपालको सीमाना टिस्टा-सतलज कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र – Nepal Press

नेपालको सीमाना टिस्टा-सतलज कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं । सुगौली सन्धी रद्द भएको भन्दै नेपालको सिमाना टिस्टा–सतलज कायम गर्नुपर्ने मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाइएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सो ज्ञापनपत्र पठाएको हो ।

सात बुँदे सो ज्ञापनपत्रमा सुगौली सन्धी रद्द भइसकेको यथेष्ट प्रमाण रहेकाले हालको राजनीतिक र प्रशासनिक नक्सा नै पूर्णरुपमा अवैध रहेको दावी गरिएको छ ।

सुगौली सन्धी रद्द भएका विभिन्न चारवटा तथ्यहरु पनि पत्रमा उल्लेख गरिएको छ ।

‘सरकारकै अग्रसरतामा अवैध नक्सा प्रयोगमा ल्याउनु सरासर गलत कुरा हो, तसर्थ यो गल्तीलाई सच्याउन नेपालको सिमाना पूर्वमा टिस्टा नदी र पश्चिममा सतलज नदीसम्म कायम गरी नेपालको राजनीतिक नक्सा प्रकाशन गर्नेतर्फ प्रक्रिया अगाडि बढाइयोस्’ ज्ञापनपत्रमा भनिएको छ ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले हस्ताक्षर गरेको ज्ञापनपत्रको पूर्णपाठ यस्तो छ :-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर