एडभान्स लिएर लागु औषध नदिएको भन्दै सुरु भएको भनाभनमा हत्या – Nepal Press

एडभान्स लिएर लागु औषध नदिएको भन्दै सुरु भएको भनाभनमा हत्या

काठमाडौं । राजधानीको बुढानिलकण्ठमा एडभान्स लिएर पनि लागु औषध नदिएको निहुँमा भनाभन हुँदा एक व्यक्तीको हत्या भएको दावी प्रहरीले गरेको छ।

फागुन १७ गते रक्ताम्य अवस्थामा मृत भेटिएका ३२ वर्षीय मानबहादुर रावतको घटनाबारे अनुसन्धान गर्नेक्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुढानिलकण्ठका २३ वर्षीय याकुब चौधरी र सर्लाही स्थायी घर भई बुढानिलकण्ठ बस्दै आएका १६ वर्षीय किशोर छन्।

प्रहरीका अनुसार फागुन १६ गते राती साढे ९ बजे स्थानीय एक खाजा घरबाट निस्किरहेका रावतसँग याकुबले एक साताअघि ३५ हजार रुपैयाँ लिएर पनि लागु औषध एम्पुल नल्याएको भन्दै आक्रोश पोखेका थिए।

याकुबले रावतको मुखमा मुक्का प्रहार गरेपछि उनले ढुंगा टिपेर हान्न खोज्दा नजिकै रहेका १६ वर्षीय किशोरले मोटो बाँसको लठ्ठीले टाउकोमा प्रहार गरि लडाएको र त्यसपछि पनि पटक-पटक प्रहार गरेको काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर