फ्रान्सेली राष्ट्रपतिसँग पुटिनले भने- युक्रेनमाथिको आक्रमण अहिले नै रोक्दैनौं – Nepal Press

फ्रान्सेली राष्ट्रपतिसँग पुटिनले भने- युक्रेनमाथिको आक्रमण अहिले नै रोक्दैनौं

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो लक्ष्य पूरा नभएसम्म युक्रेनमाथि सैन्य कारबाही जारी राख्ने बताएका छन् । पुटिनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको ९० मिनेट लामो टेलिफोन वार्तामा सो बताएका हुन् ।

टेलिफोनमा पुटिनले रुस-युक्रेन वार्तामा अस्थायी युद्धविरामको सम्भावनामा सहमति भएको बताएको बीबीसीले जनाएको छ । विहीबार दुई देशका प्रतिनिधिबीच अज्ञातस्थलमा वार्ता भएको थियो ।

साथै भीषण लडाइँ र बमबारीकाबीचमा विवाद समाधान गर्न कूटनीतिक प्रयास जारी छ ।

यसैबीच, फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनसँग कुरा गरेर उनलाई मनाउने प्रयाससमेत गरेका थिए । उनले भने, ‘युक्रेनमा आक्रमण गर्नु गम्भीर गल्ती हो । परिस्थितिलाई हेर्ने दृष्टिकोणभन्दा वास्तविकता फरक छ ।’

युक्रेनी सहरमाथि रुसको भीषण बमबारीबीच मानवीय संकट झनै गहिरिँदै गएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर