माथि माथि शैलुङमा एमाले अध्यक्ष ओलीलाई भव्य स्वागत (तस्बिरहरू) – Nepal Press

माथि माथि शैलुङमा एमाले अध्यक्ष ओलीलाई भव्य स्वागत (तस्बिरहरू)

दोलखा । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दोलखा र रामेछापको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङ पुगेका छन् । शैलुङ साहित्यिक-सांस्कृतिक महोत्सव २०७८ उद्घाटनका लागि ओली शैलुङ आइपुगेका हुन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले नेपालको प्रसिद्ध शैलुङ थुम्कामा आयोजना गरेको महोत्सवमा सो क्षेत्रका आदिवासी जनजातिका झाँकीहरू प्रदर्शन भएका छन् ।

ओलीलाई शैलुङ गाउँपालिका दोलखा र दोरम्बा शैलुङ गाउँपालिका रामेछापबाट स्वागत गरिएको छ ।
महोत्सव उद्घाटनअघि अध्यक्ष ओलीले कालिञ्चोक भ्रमण गरेका थिए ।

ओलीले कालिन्चोकमा नवनिर्मित केबुलकारको समेत उद्घाटन गरेका छन् । कालञ्चिोकमा ओलीदम्पत्तीलाई एमालेका नेता तथा केबुलकार सञ्चालक बालकृष्ण शिवाकोटी,अशोक शिवाकोटीलगायतले स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर