मिर्गौला बेच्न भारत लैजान लागिएका दुईजनाको काठमाडौंबाट उद्धार – Nepal Press

मिर्गौला बेच्न भारत लैजान लागिएका दुईजनाको काठमाडौंबाट उद्धार

काठमाडौं । काठमाडौंको माछा पोखरीस्थित एक होटलबाट दुईजनाको उद्धार गरिएको छ । आर्थिक प्रलोभन देखाएर मिर्गौला बिक्री गर्न भारत लैजान लागिएको अवस्थामा उनीहरूको उद्धार गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

आर्थिक अवस्था कमजोर भएका उनीहरूलाई एउटा मिर्गौलाले मात्र बाँच्न सकिने भन्दै एउटा बिक्री गर्दा ८ लाख रूपैयाँ पाइने भन्दै गिरोहले भारत लैजान उक्त होटलमा राखेको प्रहरीको दाबी छ ।

उनीहरुलाई भारत लैजान लागेको आरोपमा प्रहरीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ स्थायी घर भइ काठमाडौं महानगरपालिका-४ बसोबास गर्दै आएका ३९ वर्षीय मोती लामालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार मानव बेचबिखन तथा ओसारप्रसार मुद्दामा लामालाई अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर