न्यायाधीश र बारको हड्तालपछि पहिलोपटक संवैधानिक इजलास गठन – Nepal Press

न्यायाधीश र बारको हड्तालपछि पहिलोपटक संवैधानिक इजलास गठन

काठमाडौं । वरिष्ठतम न्यायाधीश दीपक कार्कीको नेतृत्वमा सर्वोच्च अदालतमा हड्ताल भएपछि बस्न नसकेको संवैधानिक इजलास करिब पाँच महिनापछि आज गठन भएको छ ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा वरिष्ठ न्यायाधीशहरु समेटेर इजलास गठन भएको हो । इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

संवैधानिक इजलास भने गोला प्रक्रियाबिनै गठन भएको छ । न्यायपरिषद्ले तोकेका न्यायाधीशहरूबाट संवैधानिक इजलास गठन हुने भएकाले गोला तान्न नपर्ने सर्वोच्च प्रशासनले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्ध वरिष्ठ न्यायाधीश र बारको आन्दोलनपछि संवैधानिक इजलास बस्न सकेको थिएन । कामु प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासबाट सत्ता गठबन्धनसँग गाँसिएका मुद्दाहरू टुंगो लगाउने सौदाबाजीसहित राणामाथि महाअभियोग लगाइएको आशंका भइरहेका बेला संवैधानिक इजलास गठन भएको हो ।

शुक्रबारको इजलासमा भने राजनीतिक मुद्दाहरू छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर