चितवनमा गैँडा मारेर खाग झिक्ने व्यक्ति ९ महिनापछि काठमाडौंमा पक्राउ – Nepal Press

चितवनमा गैँडा मारेर खाग झिक्ने व्यक्ति ९ महिनापछि काठमाडौंमा पक्राउ

काठमाडौं । गत असारमा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग झिकेको आरोपमा एक व्यक्ति काठमाडौंमा पक्राउ परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले चितवनको कालिका नगरपालिका-२ स्थायी घर भएका ४० वर्षीय राजन प्रजालाई पक्राउ गरेको हो ।

उनलाई बनस्थलीबाट पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्ज प्रशासनलाई पठाइएको परिसरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *