सुदूरपश्चिम एमाले आफ्नै भवनमा, महासचिवले गरे कार्यालय उद्घाटन – Nepal Press

सुदूरपश्चिम एमाले आफ्नै भवनमा, महासचिवले गरे कार्यालय उद्घाटन

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशको पार्टी कार्यालय उद्घाटन गरिएको छ ।

एमालेका महासचिव शंकर पोखरेलले कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा महासचिव पोखरेलसहित सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापालगायतका नेताको उपस्थिति थियो ।

पोखरेलले आगामी निर्वाचनका लागि सांगठानिक गतिविधि बढाउन समेत निर्देशन दिएका थिए ।

पोखरेलले प्रदेश कमिटीको कार्यालय निरीक्षणसमेत गरे । नेकपाकालमा प्रदेश कार्यालय भाडाको घरमा प्रयोग भइरहेको हो । अहिले प्रदेश कमिटीले आफ्नै भवन तयार गरेको र त्यसैमा कार्यालय स्थापना गरिएको प्रदेश सचिव धर्मराज पाठकले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर