वागमती प्रदेश : स्थानीय तहका अधुरा योजनाका लागि साढे ६८ लाख छुट्याइयो – Nepal Press

वागमती प्रदेश : स्थानीय तहका अधुरा योजनाका लागि साढे ६८ लाख छुट्याइयो

काठमाडौं । वागमती प्रदेश सरकारको मन्त्री परिषद्को बैठकले स्थानीय तहवाट कार्यान्वयन भइरहेको अधुरा योजनाका लागि समपुरक योजना अनुरुप चार करोड ६८ लाख ४५ हजार रुपैयाँ भुक्तानी दिने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको बैठकले २५ गाउँपालिकामा कोभिडका कारण प्रभावित भएका योजनाका लागि सो बजेट उपलब्ध गराउन लागेको प्रदेशका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले जानकारी दिए ।

साथै बैठकले प्रदेश सरकारको सार्वजनिक खर्चको मापदण्ड २०७८ समेत पारित गरी कार्यविधिसमेत बनाएको जनाएको छ । सबै मन्त्रालयमा खर्चमा एकरुपता होस् र प्रभावकारी होस् भन्ने उद्देश्यले कार्यविधि निर्माण गरिएको उनले जानकारी दिए ।

यसैगरी बैठकले प्रदेश पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत भइरहेको कामलाई अख्तियारी दिने पनि निर्णय भएको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *