रुकुम पश्चिममा ऐन विपरित बजेट खर्च हुन थाल्यो, नियन्त्रण गर्नुहोला : एमाले नेता कँडेल – Nepal Press

रुकुम पश्चिममा ऐन विपरित बजेट खर्च हुन थाल्यो, नियन्त्रण गर्नुहोला : एमाले नेता कँडेल

सुर्खेत । नेकपा एमालेका नेता यामलाल कँडेलले रुकुम पश्चिममा ऐन, कानून विपरित बजेट खर्च हुन थालेको बताएका छन् ।

कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै एमाले संसदीय दलका नेता कँडेलले ऐन, कानून विपरित बजेट खर्च गरि विकृति फैलाइएको बताए ।

रुकुम पश्चिमा खर्च भइरहेको बजेट अस्वभाविक रहेको भन्दै उनले कानूनी दायरामा ल्याउन आग्र हपनि गरे ।

उनले भने, ‘त्यहाँ छुट्टै खालको शासन व्यवस्था भएजस्तो गरि मनलाग्दी बजेट खर्च गर्ने गरेको मैले महसुस गरेको छु ।‘त्यसलाई नियन्त्रण गर्न र कानूनी दायरामा ल्याउन तपाईहरु लाग्नुहोला ।’

कर्णाली बनाउने म्याण्डेट पाएको पूर्व सरकारको अयोग्यताका कारण चार वर्ष खेर गएको उल्लेख गर्दै उनले आफूहरु सत्तामा हुँदापनि सरकारलाई विकासमा ध्यान दिन पटक पटक आग्रह गरिएको बताए ।

अहिले कर्णाली बनाउन नभएर आफू बन्नका लागि मुख्यमन्त्रीले काम गरिरहेको उनले बताए ।

उनले भने, ‘आज कर्णाली बनाउनका लागि होइन कि आफू बन्नका निम्ति लागेकालाई सोल गरेर मुख्यमन्त्री हिडिरहनु भएको छ । कर्णाली बनाउने विचार लिएकालाई साथमा लिएर होइन, आफू बन्नका लागि जे पनि गर्न खोज्नेलाई लिएर नेतृत्व गरिरहनु भएको छ तरपनि छलफलमा हामी सहभागि भएका छौं ।’

उनले सत्तारुढ दलबीच विवाद भएकै समयमा आँट गरेर सुशासनप्रति सरकार जिम्मेवार हुनुपर्ने, सदनप्रति सरकार जवाफदेहि हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर