संसद भवनअघि प्रेसर कुकर राख्ने विप्लव कार्यकर्ता पक्राउ – Nepal Press

संसद भवनअघि प्रेसर कुकर राख्ने विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरको मुल गेटअगाडि शंकास्पद प्रेसर कुकर नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले राखेको दाबी प्रहरीले गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले नेकपाका कार्यकर्ता २१ वर्षीय सुवास महतलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो । काभ्रे भुम्लो गाउँपालिका- २ सिमथली निवासी उनी अनेरास्ववियू क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पस कमिटी अध्यक्ष  रहेको प्रहरीले जनाएको छ ।

संसदले एमसीसी पास गरेको विरोधमा भोलिपल्ट आह्वान गरिएको नेपाल बन्दका क्रममा बिहान १० बजे नो एमसीसी लेखिएको विद्युतीय तारजडित प्रेसर कुकर राखिएको थियो ।

सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा कुकरभित्र इँटा र कागजका टुक्रा फेला परेको थियो । सीसीटीभी फुटेजका आधारमा मोटरसाइकलमा आएका युवाले उक्त प्रेसर कुकर राखेर भागेको देखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर