सुवेदी बाँढिन् दोलखा सेतीदेवीका विद्यार्थीलाई न्यानो कपडा – Nepal Press

सुवेदी बाँढिन् दोलखा सेतीदेवीका विद्यार्थीलाई न्यानो कपडा

काठमाडौं । समाजसेवाको क्षेत्रमा काम गर्दै आएकी भक्तपुर निवासी मञ्जिला सुुवेदीले दोलखाको कालिन्चोक गाउँपालिकास्थित सेतीदेवी प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेकी छन् ।

सुवेदीले विद्यालयमै पुगेर विद्यार्थीहरुका लागि ज्याकेट, स्वेटर, टोपीलगायतका न्यानो लत्ताकपडा वितरण गरेकी हुन् । चिसो मौसममा राहत पुग्छ भनेर त्यहाँका स्थानीय ज्येष्ठ नागरिकहरुलाई पनि न्यानो लत्ताकपडा वितरण गरेको उनले बताइन् ।

चिसोमा कठयांग्रिएका प्रावि तहमा अध्ययनरत बालबालिकाहरुले न्यानो कपडा पाउँदा राहत महसुस गरेका छन् ।

५२ जना विद्यार्थीहरु र स्थानीय ज्येष्ठ नागरिकहरुलाई समेत समाजसेवी सुवेदीले न्यानो लत्ताकपडा वितरण गरेको विद्यालयका प्रध्यानाध्यापक गणेश बुढाथोकीले बताए ।
व्यूटीपार्लर व्यवसाय गर्दै आएकी सुवेदीले व्यटिसिएशनसम्बन्धी अन्तर्राष्ट्रिय अवार्डसमेत पाइसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर