प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनमाथि रूसी आक्रमणबारे संवाद – Nepal Press

प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनमाथि रूसी आक्रमणबारे संवाद

काठमाडौं । युक्रेनमाथि रुसी आक्रमण जारी रहेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका छन् ।

रूसले युक्रेनमाथि गरेको आक्रमण र युक्रेनको सार्वभौमसत्ता, भौगोलिक अखण्डताबारे आफूहरूबीच कुराकानी भएको अमेरिकी विदेशमन्त्री एन्टोनीले ट्वीटरमा उल्लेख गरेका छन् । उनीहरूबीच मंगलबार साँझ कुराकानी भएको हो ।

ब्लिनकनले भनेका छन्– रुसले युक्रेनमा गरेको सैन्य आक्रमण र दुई देशले युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा गरेको समर्थनबारे छलफल भएको छ । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतीको सामना गर्न मिलेर काम काम गर्नेछौं ।

नेपालका प्रधानमन्त्री देउवाको सचिवालयले भने यसबारे कुनै ‍औपचारिक टिप्पणी गरेको छैन । नेपालले संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदमा युक्रेनको पक्षमा मतदान गरेको थियो ।

नेपालको संसदबाट एमसीसी पारित गरेको दुई दिनपछि अमेरिकी विदेश मन्त्रीले प्रधानमन्त्री देउवासँग कुरा गरेका हुन् ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री देउवालाई अमेरिकी विदेशमन्त्रीको फोन, युक्रेनमाथि रूसी आक्रमणबारे संवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर