वीरेन्द्रनगरको कर्फ्यु ७ बजेबाट हट्ने, केही स्थानमा निषेधाज्ञा – Nepal Press

वीरेन्द्रनगरको कर्फ्यु ७ बजेबाट हट्ने, केही स्थानमा निषेधाज्ञा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा लगाइएको कर्फ्यु साँझ सात बजेबाट हट्ने भएको छ ।जिल्ला प्रशासन कार्यालयले हिजो साँझबाट लगाइएको कर्फ्यु आज साँझ सात बजेबाट हटाउने जनाएको हाे ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाल रिजालले अवस्था शान्तिपूर्ण देखिएकाले आदेश हटाइने बताए ।

उनले भने, ‘कर्फ्यु अवधिमा कुनै प्रदर्शन भएनन्, शान्तिपूर्ण नै देखिएकाले सात बजेदेखी नै कर्फ्यु हटाउँदैछौं । सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा भने निषेधाज्ञा तोक्दैछौं ।’

प्रशासनले निषेधाज्ञा तोकेका क्षेत्रहरुमा यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र रहेको छ । केही क्षेत्रमा आदेश जारी रहनसक्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर