युक्रेनको अर्को सहर खार्किभमा बमबारी, दर्जनौँ गैरसैनिकको मृत्यु – Nepal Press

युक्रेनको अर्को सहर खार्किभमा बमबारी, दर्जनौँ गैरसैनिकको मृत्यु

काठमाडौं । युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा दर्जनौँ मानिसको ज्यान जानेगरी बमबारी भएको छ । खार्किभमा गरिएको बमबारीलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अपराध भनेका छन् ।

युक्रेनको विदेश मन्त्रालयले खार्किभको फ्रीडम स्क्वाएरमा भएको विस्फोटनको भिडिओ ट्वीटरमार्फत सार्वजनिक गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अपराधको आरोप लगाएको छ । उनले रुसलाई बाँकी विश्वबाट अलग्याउन समेत आग्रह गरेका छन् ।

सोमबार रुसले गरेको बम आक्रमणमा परी तीन बालबालिकासहित ९ गैरसैनिकको ज्यान गइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

खार्किभमा रुसले पछिल्लोपटक क्षेप्यास्त्र हमला गरेको थियो । सैनिकहरूलाई जानाजान निसानामा पारिएको त्यहाँका प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

जेलेन्स्कीले भने, ‘यो युद्ध अपराध हो । दर्जनौँ प्रत्यक्षदर्शीहरूले दिएका विवरणअनुसार यो गल्तीले गरिएको आक्रमण नभइ जानीजानी गैरसैनिकलाई निसानामा पारिएको हो । रुसीहरूलाई उनीहरूले कहाँ आक्रमण गरिरहेका छन् भन्ने राम्रोसँग थाहा थियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर